विचार/ब्लग

तँ छोरीमान्छे होस् सतर्क भएर हिँड्नुपर्छ, केटा मान्छेसंग धेरै नबोल्नु..!

शोभा रावत/आमा म भर्खरै त फुल्दै थिएँ, भर्खरै कोपिला फक्रंदै थिएँ जुन फुल्नलाई तयार हुँदै थियो तर कोपिलामै किन टिपियो मलाई । म स्कुल पढ्दा नै फुल कोपीलामै टिप्नुहुँदैन भनेर मेरो गुरुहरुले मलाई सिकाउनु भएको थियो आमा ।
जसका कारण मैले पनि आँगनमा फुलेका फुलका कोपिलालाई कहिलै टिपिन बरु सकि नसरी मेरो यी कोमल हातले स्याहर–सुसार गर्ने मल–जल गरेर हाँसेर फुल्न दिएकी थिएँ । तर, फेरी मलाई किन कसैले कोपिलामै टिप्यो आमा । आमा मलाई हाँसेर फुल्न कि दिईएन ? मलाई त कोपीलामै चुँडालेर कुल्चीई भुँईमा फालिदिए ।
म त बालिक थिएँ र कोमल, मासुम र सबैको मायाँलु तिमीले त भन्थ्यौ, बिल्कुलै त्यो फुलको कोपिला जस्तै, सानी मायाँलाग्दी यदि म सानै थिए भने म माथि गिद्धे नजर किन लाग्यो आमा ? त नादान छेस भन्थ्यो होईन यदि म नादान/कमजोर थिएँ भने ममाथि यति ठुलो भार किन आमा जुन भार सहन सक्ने म मा क्षमता नै थिएन । मलाई त अहिले पनि यो महशुस नै भएको छैन कि म माथि के र किन भयो भनेर ? आमा तिमीलाई त झुठ बोल्न पनि आउँदो रहेछ । यदि तिमीले मलाई कोमल फुलको कोपिला देख्थ्यौ भने त्यो पापीले मलाई किन देखेन ?
जस्ले टिपेको त्यो फुलको कोपीलालाई डालिबाट चुुँडालेर धरा–धरा पारि एकैछिनमा च्यातेर फालिदियो । केहिसमय अघि डालिमा हाँसेर हुर्किदै गरेको त्यो सुन्दर कोपिलाको अस्तित्वलाई एकैछिनमा बाटोमा फालेको फोहरमा बदलिदियो । तर पनि तिमी केहि बोलिनौ आमा ।
जब उस्ले फकृदै गरेको कोपिलातिर आफ्ना ति हात बढाउँदै थियो, आमा मलाई एकछिन यस्तो लागिएरहेको थियो टेलिभिजनमा देखेको थिएँ भोको बाघ एउटा जो सानो मृगमा कसरी झम्टेर गएको हुन्थ्यो । हो त्यसरी नै त्यो मान्छेपनि त्यो सानो कोपिला अर्थात म माथि झम्टिएको आभास भईरहेको थियो ।
म त सानै थिएँ कस्ले कस्तो तरिकाले हेरेको छ के गरेको छ बुझ्ने पनि भएको थिएन । तर खोई किन आमा त्यो मान्छेको हेराईले म पहिलो पटक यतिधेरै डराएको थिएँ ।
उसको त्यो हेराई मानौ कुनै शिकार गर्दै छ उस्ले जसरी । म साह्रै डराएकी थिएँ आमा, उस्लाई डर पनि दिएको थिएँ । आमासंग भनिदिन्छु भनेर तरपनि उस्ले मलाई छाडेन आमा ।
मलाई शंकै कमजोर ठान्थ्यौ होईन तिमी, यदि म कमजोर थिएँ भने म माथि ति छिप्पीएका निर्दयी मुक्का र ती सीसाका बोतल किन प्रहार भए आमा । हो आमा ममाथी मानौं कसैले फलामको एउटा डण्डीनै प्रहार गरेको थियो । मलाई समह्रै पीँडा भएको थियो आमा तर मेरो पीँडा उस्ले बुझिदिएन आमा । उ साह्रै निर्दयी थियो ।
आमा तिमीसंग धेरै प्रश्न गर्नु थियोे मैले, धेरै गुनासो गर्नु थियो तर आज तिमीलाई थरि, थरिका प्रश्न गर्दै सताउन पनि त सक्दैन । के मईले तिमीलाई धेर प्रश्न गर्दै गर्छु सताउँछु भनेर आज आफुदेखी मलाई यति टाढा बनायौ आमा । मत एउटा सानि बच्ची थिएँ जो मनमा अनेकौं सवाल आउँदा जवाफको आशा गर्दथें । फेरी मेरो विद्यालयको गुरुले भन्नुभएको बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु भनेको आमा अनि तिमीसंग प्रश्न गर्न पाउनु मेरो अधिकार पनि त थियो आमा ।
त्यति सानो कुराको यति ठुलो सजाय किन आमा ? अबदेखी म तिमिलाई यस्ता प्रश्न गर्न पनि त पाउँदिन अब खुशि हुन्छौ त तिमी ? मेरो चिन्तामा तिमी टोलाएको, डराएको र रोएको देखेको छु मैले । छोरीको चिन्ता तिमीलाई धेरै थियो आमा । तर तिमी छोरीको रक्षा गर्नबाट किन चुक्यौ त फेरी । तिमीले एउटा आमाको कर्तव्य निभाउन सकिनौं आमा, मलाई बचाउन सकिनौं । दुष्टहरुको नजरबाट आफ्नै छोरीलाई बचाउन तिमी असफल भयौ । असफल आमा पनि भयौ ।
तिमीले त भन्थ्यौ होईन आफ्ना सन्तान कुनै समस्यामा परेको कुरा आमालाई सबैभन्दा पहिला आँखा चिम्लिएको बेलामा पनि थाहा हुन्छ भनेर तर तिमी झुठ बोलेकी रहिछौं, जतिबेला आफ्नो बचाउका लागि तिमीलाई पुकारेँ आमा मलाई बचाउनु भनेर तर तिमी आएनौं । जब मेरो सास कसैले छिन्दै थियो तेतिबेला रोई कराई तिमीलाई पुकार्दा समेत तिमी आँखा नदेख्ने अन्धि र कान नसुन्ने बैरी किन भयौ आमा ? यदि तिमीलाई त्यो महसुश हुन्थ्यो भने मलाई अवस्य बचाउने थियौ तर तिमी आएनौ ।
मेरो के गल्ती थियो र आमा मैले के उसलाई आफ्नै दाई सम्झनु ? त्यो गल्ती हो भने मेरो घरमा पनि त एउटा दाई थियो । म त सानी थिएँ उस्लाई आफ्नो मान्छे सम्झेर उसंग जिस्कनु, चल्नु खेल्नु भुल थियो भने घरमा आफ्नै दाईसंग पनि त खेलेकी थिएँ । आमा के म अब आफ्नै दाईसंग पनि डराउनु पर्थाे । यदि आफ्नै दाई, बुवासंग डराउनु पर्थ्र्याे भने मैले कसको भरोषा गर्नु पथ्र्याे आफैँ भन त ।
आमा मलाई कत्ति बाँच्न, हाँस्न, खेल्न तिम्रो काखमा लडिबडि गर्ने रहरै पुगेको थिएन । मैले त यो दुनियाँ राम्रोसंग बुझेको पनि थिएन । अरे आमा संसारको के कुरा आफुले आफुलाई राम्रोसंग बुझेकै थिईन । मेरा साना यि आँखामा कति धेरै सपना, रहर ईच्छा, आंकांक्षा थिए । तर यी सबको लागि सास चाहिन्छ होईन त्यो सास मबाट किन खोसियो । के म छोरी भएकै कारण यस्तो निर्मम तरिकाले सानैमा मर्नुेपर्ने हो र ? यदी त्यसो हो भने कुनैपनि जन्ममा म छोरी भएर जन्मन चाहँदैन ।
जहाँ एक महिला देवी, दुर्गा, लक्ष्मी र सरस्वती भगवान मानेर पुजिन्छन् भने त्यहि समाजमा फेरी त्यहि छोरीको बली किन चढाईन्छ आमा ? भगवानलाई त पुजा गर्नु पर्ने होईन र ।
आमा तिमीले सानै देखी मेरो मनमा संधै एउटा डर बसालेकी थियौ कि छोरी तँ छोरीमान्छे होस् सर्तक भएर हिँड्नुर्छ, कोहि केटा मान्छेसंग धेरै नबोल्नु भनेर तर आमा तिमीले भाईलाई कहिँलै भनिनौ छोरा ईमान्दार भएर हिँठड्नुपर्छ भनेर । आमा के म छोरी भएकै कारण डराएरै बस्नुपथ्र्याे ।
के मलाई ठुलो मान्छे बन्ने सपना देख्न, समाजमा खुलेर बाँच्न कुनै अधिकार थिएन र अर्काे कुरा म छोरी भएकै कारण कलिलै उमेरमा यसरी मर्नुपर्ने हो । यदि यस्तो हो भने आमा म चाहन्छु कि यो धर्तिमा छोरी मान्छेको जन्मै नहोस् । कुनैपनि फुल कोपिला लागेर चुडिनु भन्दा कोपिलानै नलागोस बरु । यदी छोरी भएकै कारण दाई, भाई, बुवा, वा अन्य व्यक्तिको हातबाट यसरी निर्मम मारिनु भन्दा बरु आमा जन्मेको दिनै मारिदिनु मलाई । त्यसपछि हेरौंला संसार कसरी चल्दो रहेछ । बलात्कारका कारण मजस्त हजारौं कोपिलाहरु टिपिएका छन्, ती कोपिलाहरु फुलेर सुन्दरता दिन त के फक्रन पनि पाएका छैनन् । कोपिलाले फुल्न नपाई टिपिनु कोपिलाको के गल्ति छ र ? नेपाली समाजको हरेको दशकमा रुपान्तरण हुन्छ, राजनीतिक, आर्थिक, सामाजिक लगायत तर मजस्त कोपिलाहरुलाई टिपेर फाल्ने संस्कारमा सुधार हुन सकेन । यसको दोष कसलाई दिने ? यसको कानूनी र ब्यवहारीक उपचार के हो ? भन्ने कुराको अनुसंधान गरी नखोजे आउँदा दिनमा अझै अन्धकार हुने देखिन्छ । सरोकारवाला निकायको आँखा खुलोस् ।