खेलकुद

टि–२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई

१९ कार्तिक, काठमाडौं । धादिङ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।

यही कात्तिक ११ गतेदेखि विशालटारमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो ।

एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो । प्रतियोगिताको विजेतालाई रु एक लाख तथा उपविजेतालाई  ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिएका छन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका छन् ।