पु.समाचार

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीको धर्ना

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेको भन्दै बिगत दुई सातादेखी राजीनामा माग गर्दै आन्दोलनरत छन् ।

प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् । मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।