बाग्मती

ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

२६ पौष, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

   शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्सरे, र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३३ जनाको दाँत निकालिएको छ ।

७ नंम्बर वडा कार्यालय भवनमा भएको शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।