सूचना प्रविधि

‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १०प्रतिशत भ्याट फिर्ता


२९ चैत, काठमाण्डौ । नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएको छ ।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरेकोे, खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको हो । वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् ।

खल्तीले पहिले नै १. ५ प्रतिशत क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ छ लाख पचाँस हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ । उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याट को १० प्रतिशत भ्याट फिर्ता पाउने छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता वर्गको हुनु पर्ने छ अर्थात यो सुविधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन ।

यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिएः “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ । यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं।”

यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी, संजय कुमार साहले भने : “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ । यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ ।”

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि साठी हजार + सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।