खेलकुद

ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

१ असार, काठमाण्डौ । नेपाल ट्राईयाथलन संघको आयोजनमा यही मिति २०७९ आषाढ ४ गते तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवशको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि.साईक्लिङ्ग, र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए ।