खेलकुद

एन.एस.ए पौडी आईतबार

२४ असार, काठमाण्डौ । नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आईतबार हुने भएको छ ।
प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
मित्र राष्ट्र चिनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने समेत अध्यक्ष बज्राचार्यले बताए ।
यसै प्रतियोगितामा दक्षिण एशियाको सर्वोत्कृष्ट प्रतियोगिता दक्षिण एशियाली खेलकुदको काठमाण्डौमा सम्पन्न १३ औं संस्करणमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गर्दै ईतिहास रच्दै राष्ट्रको गौरव राख्न सफल खेलाडी गौरिका सिंहलाई नगद १ लाख सहित सम्मान गरिने छ । यस्तै सो प्रतियोगितामा २ रजत र ३ कास्य प्राप्त गर्ने डुवाना लामालाई ५० हजार, ४ कास्य पदक प्राप्त गर्ने टिशा शाक्य र कास्य पदक प्राप्त गर्ने ३ कास्य पदक प्राप्त गर्ने अनुशिया तन्डुकारलाई नगद २५ हजारले सम्मान गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप आज २०२२ आषाढ २३ देखि सुरु भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करणको फाईनल खेल सुरु गरेको हो ।


च्याम्पियनसिपको सँस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रमविच पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ ।


थापाथलीस्थित एपी १ को स्टुडियोमा सुरु भएको च्याम्पियनसिपमा डोटा २ , सिएस गो , एमएलबिबी , टेकेन ७ र पब्जी गरि ५ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।
च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा.लि.ले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने भएको छ ।