प्रदेश 2

वीरगञ्जमा जसपाको लहर : गेट ग्रिल उद्योग संघका अध्यक्ष सहित दर्जनौं जसपा प्रवेश

२० कात्तिक, वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्न थालेका छन् ।

जसपा–एमाले गठबनधनका पनि साझा उम्मेदवार रहेका यादवले विकास निर्माणका क्षेत्रमा गरेका काम र जनताको सुखदुखमा दिँदै आएका साथका कारण प्रभावित भएर उनलाई जिताउनकै लागि भन्दै अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेको बेला अब विभिचन्न पेशा व्यवसायमा संलग्नहरु पनि जसपामा प्रवेश गर्न थालेका हुन् ।

आइतबार गेट ग्रिल उद्योग संघका पर्सा जिल्ला अध्यक्ष जितेन्द्र श्रीवास्तवको नेतृत्वमा दर्जनौ व्यवसायी र कामदारहरु जसपामा प्रवेश गरेका छन् ।

वीरगञ्जको रोधमाइमा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष श्रीवास्तवसँगै संघका पदाधिकारी र सदसस्यहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेका हुन् । उनिहरुलाई पूर्वमन्त्रीसमेत रहेका यादवले खादा लगाएर पार्टीमा स्वागत गरे ।

यसअघि विभिन्न दलमा आफुहरु आबद्ध रहे पनि ती दलका नेताले आफुहरुको पेशा र व्यवसायका बारेममा कहिले पनि ध्यान नदिएकोले उनिहरुको गुनासो थियो । जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले भने के गरि के धनी सबैको लागि हितमा सोच्ने नेता भएका कारण आफुहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेको संघका अध्यक्ष श्रीवास्तवले बताए ।

त्यस अवसरमा बोल्दै जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा गरिब, मजदुर, किसान, व्यपारी, उद्योगी सबैको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको भन्दै पार्टीमा पेशाकर्मीहरु प्रवेश गरेकोमा खुशी व्यक्त गरे । यसले पर्सामा जसपालाई थप मजबुत बनाएको भन्दै उनले भने, ‘जसपाले हरेक पेशा र व्यवसायको सम्मान गर्छ, कसैलाई केहि समस्या भयो भने जसपा उसको साथमा खडा हुन्छ ।’ त्यस अवसरमा जसपाका युवा नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।