समाचार

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेकपा -एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै उनले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको बताए ।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भनी प्रश्नसमेत गरे ।