समाचार

चितवन २ : काँग्रेसका प्रत्यासी उम्मेद्वार उमेश श्रेष्ठले सांसद दाबी गर्दै दिँदैछन् आयोगमा निबेदन

२२ माघ, काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न आम निर्बाचनमा चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेको साँसद पद नरहेपछि दोस्रो नम्बरमा रहेका नेपाली काँग्रेसका प्रत्यासी उम्मेद्वार उमेश श्रेष्ठले आज साँसद दाबी गर्दै निर्बाचन आयोगमा निबेदन दिने भएका छन् ।

निर्बाचन आयोगमा साढे ११ बजे साँसद दाबी गर्दै निबेदन दिएपश्चात उनले दिउँसो २ बजे ललितपुरस्थीत हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम राखेका छन् ।

सर्बोच्च अदालतले रबि लामिछानेको नागरीकताका कारण साँसदमा मनोनयन नै अस्वीकृत गरेपछि रास्वपाको सभापति, उपप्रधान एबम् गृहमन्त्री र चितवन २ को साँसद सबै पद गुमेको थियो ।

चितवन २ मा उपनिर्बाचन गनुपर्ने बताईहेका बेला उमेश श्रेष्ठको निबेदनले उनको दाबीलाई स्वीकार्नसक्ने आँकलनसमेत राजनीतिकबृतमा गर्न थालीएको छ ।