२९ माघ पर्सा, पर्साको वीरगंजबाट स्रोत नखुलेको आठ लाख नगदसहित एक जना व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज नगरपालीका -१६ का २५ बर्षीय रामप्रवेश कुमार रहेको प्रहरीले जनाएको छ । हो ।
भारतबाट आउदै गरेको बिआर ०५ एभि ३४७७ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीको घुम्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो । मोटरसाइकल चालक रामप्रवेशले हेल्मेटमा लुकाइछिपाइ नेपाल भित्राउदै गरेको अवस्थामा स्रोत नखुलेको उक्त नगद फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार चेकजाँचको क्रममा रामप्रवेशको साथबाट एक हजारको नोट रहेको ७ लाख ५० हजार र बाकि १ सयको नोटको ५० हजार गरी जम्मा ८ लाख बरामद गरेको हो । घटनामा संग्लग्न रामप्रवेशलाई थप अनुसन्धानको लागी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।





