समाचार

भोट माग्दै आलोकनगर पछि वसुन्धरा पुगे सुवास नेम्बाङ 

१८ फागुन, काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङ भोट माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धरा पुगेका छन् । आगामी २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचनमा आफुलाई मतदान गर्न आग्रह गर्दै  रास्वपाको कार्यालयमा पुगेका हुन् ।

वसुन्धरा पुगेर नेम्बाङ ले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा मत दिन अनुरोध गरेको स्रोतले बताएको छ। एमालेको तर्फबाट नेम्बाङ राष्ट्रपतिको उम्मेदवारी बनेका छन् भने आठ राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । 

यसअघि नेम्बाङ भोट माग्नको लागि भन्दै नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेका थिए ।