समाचार

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरुको भेट

१ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् ।