समाचार

कोशी प्रदेशको बिरोधको क्रममा साहदात गरेका लिम्बुलाई मन्त्रीपरिषदले गर्यो सहिद घोषणा

२४ चैत, काठमाडौं । प्रदेश १ को नामाकरण कोशी प्रदेश नराखी पहिचानको आधारमा राख्न भन्दै आन्दोलनका गर्दा साहदात गरेका पदम लिम्बु (लाजिहाङ) सहिद घोषणा भएका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले लिम्बूलाई सहिद घोषणा गरेको हो । सहिद लिम्बूका परिवारलाई राज्यकोषबाट सहयोग गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।
मूख्यमन्त्री कार्यालय अगाडी प्रहरीको लाठी प्रहारबाट घाईत भएका ४२ बर्षीया लिम्बूको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एकम् सूचना तथा सञ्चारमन्त्री रेका शर्माले भनिन्, ‘आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने, नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’
बिभिन्न पहिचानबादी पार्टी तथा सरोकारवालाले प्रदेश १ को नामांकरणको बिषयमा आवाज उठाएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत नामाँकरका बिषयमा गलत भएको प्रतिकृया दिएका थिए ।