समाचार

अख्तियारले डा श्रेष्ठको दुई करोड भ्रष्टाचार छानबिन गर्ने, पूर्व आयूक्त पाठकजस्तै दोषी देखीए जेल र धरोटी दुबै सजाय

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीका साँसद ढाका कुमार श्रेष्ठले दुई करोड घुष लिएको भन्ने अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले छानबिन गर्ने भएको छ ।
केहीदिन अगाडी झापास्थीत बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ माग गर्दै गरिएको टेलिफोन रेकर्डलाई आधार मान्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगले अनुसंधान गर्न लागेको सञ्चारमाद्यमहरुले अख्तियार स्रोतका नाममा पुष्टी गरेका छन् ।
मन्त्री बन्नका लागि दुई करोड पार्टीबाट माग गरिएको र तत्काल एक करोड भने तत्काल बुझाउनुपर्ने आवश्यक्ता भएको हुँदा बिबादास्पद स्वास्थ्य ब्यावशायी दुर्गा प्रसाईंसँग दुई करोड माग साँसद डा ढाका कुमार श्रेष्ठले गरेका छन् । अडियोमा उनको स्वरसँग मेल खाएपनि उक्त अडियो आफ्नो स्वरको नभएको र उक्त स्वरलाई परीक्षण गर्न आफू तयार रहेको डा श्रेष्ठले प्रतिकृया दिएका छन् । एकातिर डा श्रेष्ठलाई रास्वपाले कारबाही गर्न समिति बनाईसकेको अवस्था छ भने अख्तियारले पनि कारबाही प्रकृयाका लागि अनुसंधान गर्ने भएको छ ।
यस्तै घटनामा अख्तियार दुरुपयोग अनुसंधान आयोगकै पूर्व आयुक्त राजनारायण पाठकलाई दोषी ठह्याएको अवस्था छ । यदि डा श्रेष्ठको स्वर परीक्षणबाट दोषी देखिए उनी पनि कानूनले दोषी ठहर्याउनुे छ । नियमबमोजीम जेल र धरौटी राख्नुपर्ने अवस्था डा श्रेष्ठमा पनि आउँछ ।

दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड मागेको प्रमाण सार्बजनिक भएपछि रबि लामिछाने तानिए बिबादमा