समाचार

१० सहसचिवको सरुवा, को कहाँ ? (सुची)

२५ भदौ, काठमाडौँ । गृह मन्त्रालयले १० सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ ।

त्यस्तै, मन्त्रालयले झलकराम अधिकारीलाई सामान्य प्रशासन मनत्रलयको अतिरिक्त समूहमा पठाएको छ । मन्त्रालयले जयनारायण आचार्य विपद व्यवस्थापन प्राधिकरण र त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाएको छ ।

गृहले चार प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। जसअनुसार भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा रोशनीकुमारी श्रेष्ठ, रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा गणेश अर्याल, रामवन्धु सुवेदी दाङ र शिवराम गेलाललाई महोत्तरीमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् । त्यस्तै, सहसचिवहरु दीपककुमार पहाडी, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।