समाचार

सुवास नेम्वाङका छोराहरू आइपुगेपछि पार्थिव शरीर घर लगियो (फोटोसहित)

२७ भाद्र, काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुई छोरा नेपाल आइपुगेपछि उनको पार्थिव शरीरलाई घर लगिएको छ । नेम्वाङका दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबास गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए । छोरीहरू भने काठमाडौंमा नेम्वाङसँगै थिए ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार बिहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।