समाचार

फेरिए सम्पत्ति शद्धीकरणका महानिर्देशक

३१ भदौ, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी पुष्पराज शाहीलाई दिएको छ ।

अधिकारीलाई भने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ (इकोनोमिक मिनिस्टर) का रुपमा काम गर्ने गरी सरुवा गरिएको हो ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी)ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएका बेला विभागको महानिर्देशक फेरिएको छ ।