पु.समाचार

काठमाडौँबाट सुर्खेतका लागि छुटेको यात्रुवाहक बस दुर्घटना

९ असोज, काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि छुटेको यात्रुवाहक बस अमिलियामा दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बदी घाइते भएका छन् ।
कर्णाली प्रदेश-०-००१ ख- ०३६२ नम्बरको बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा आज बिहान करिब साढे ६ बजे दुर्घटना भएको थियो ।

बसमा ४५ जना यात्रू सवार थिए । घाइतेहरमध्ये दुइजना गम्भिर भएको दाङका जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।