समाचार

भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री दाहाल

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितको घर बनाइदिने बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।

भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुनेपछि प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।