समाचार

२५ जनालाई थुनामा पठाउन अदालतको आदेश

१९ असोज, काठमाडौँ । ६० किलो सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

अदालतले सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । सुन प्रकरणमा २६ जना थुनामा छन् ।

जिल्ला अदालतमा यस प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।