आर्थिक

नेपाल क्लियरिङ्ग हाउसको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ३० प्रतिशत लाभांश दिने भएकाे छ । आईतबार ¥याडिसन होटेल, काठमाडौमा सम्पन्न भएकाे कम्पनीकाे आ.व. २०७९/८० को बाह्रौं वार्षिक साधारण सभाले उक्त निर्णय गरेकाे हाे ।

नेपाल क्लियरिङ्ग हाउसकाे बैठकले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ती १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

यस पश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब ६६ लाख ३७ हजार ९०० रूपैयाँ बराबरको हनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब रूपैयाँ पु¥याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ ।

साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्ने/गाभिने वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।

आ.व. २०७९/८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धी भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १/१ जना रहेका छन् ।