अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढी पहिरोमा परी दुईको मृत्यु, १० बेपत्ता


जकार्ता । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तको एक गाउँमा गत साता आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । मुसलधारे वर्षाका कारण उत्पन्न विपत्तिले शुक्रबार टोबा ताल नजिकैको हुम्बाङ हसुन्डुतान रिजेन्सीको आवासीय क्षेत्रमा क्षति पु¥याएको थियो । सोही दिन एक महिला मृत अवस्थामा फेला परेकी थिइन् भने अन्य ११ जना हराइरहेका थिए भने दर्जनौं भवन ध्वस्त भएका थिए । मेदान खोज तथा उद्धार निकायका प्रमुख बुडियोनोले सोमबार बिहान उद्धारकर्मीले बेपत्ताको अर्को शव फेला पारेको बताएका छन् ।

पीडितलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा सारिएको र उद्धारकर्मीले अन्य बेपत्ताको खोजी कार्य जारी राखेको बताए। राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी)का अनुसार विपद्पछि कम्तीमा ५० परिवार सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।