समाचार

ब्राउन सुगरसहित एक जना पक्राउ


काठमाडौँ । सप्तरीमा ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा–५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेको हो ।

चौधरीले लगाएको जिन्स पाइन्टबाट ०.३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता एवम् डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।