समाचार

ढोरपाटन दुर्घटना : ३ जना घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

२८ पुस, बागलुङ । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अन्य ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ढोरपाटन दुर्घटना ः ३ जना घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो,२ जनाको मृत्यु

२८ पुस, बागलुङ । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अन्य ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।