समाचार

भृकुटीमण्डपमा नेकपा एमालेको विशाल जनसभा

६ मंसिर, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ठूलो जनसभा आयोजना गरेको छ। “संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी” भन्ने नारासहित आयोजना गरिएको यस सभामा प्रदेश कमिटीले नेतृत्व गरेको छ।

सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने सहभागी कार्यकर्ता र नेताहरु जुलुससहित स्थलमा पुगेका छन्। जनसभालाई लक्षित गर्दै काठमाडौंमा व्यापक सुरक्षा व्यवस्था खटाइएको छ।

एमालेले शुक्रबार मात्र नयाँ भोलिन्टियर फोर्स गठन गरेको थियो, जसको संयोजकमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ। पार्टीका अनुसार प्रदर्शन र सभाको तयारी पूर्ण भइसकेको छ र जुलुससहित सहभागीहरु भृकुटीमण्डप पुगेपछि सभा सुरु हुनेछ।

यसैबीच, पार्टीले पुष्पराज श्रेष्ठलाई सात वटा फौजदारी मुद्दा खेप्ने बावजूद पनि फोर्सको कमान्डमा राखेको खबरले ध्यान खिचेको छ।