समाचार

मोरङ–६ मा रास्वपाकी आचार्यको डा कोईरालासँग धेरै मतान्तरले अग्रता

२२ फागुन, मोरङ । मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले छ हजार १३६ मतसहित अग्रस्थानमा छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले एक हजार ३१२ र नेकपा (एमाले) का विनोदप्रसाद ढकालले एक हजार २२३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल एक लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १७ जना प्रत्यासी छन् ।