१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढाउने घोषणा गरेको छ। कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइने भएको छ।
प्रदेश सरकारले सरकारी सेवामा हुने ढिलासुस्ती नियन्त्रण गर्न ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सञ्चालन गरी सेवामा ढिलाइ भए नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था गर्ने जनाएको छ।
यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै १०० दिने रोजगार ग्यारेन्टी कार्यक्रम पनि आगामी आर्थिक वर्षबाट सञ्चालन गरिने घोषणा गरिएको छ।





