२ फागुन, महोत्तरी । महोत्तरीको मटिहानीबाट श्रोत नखुलेको १७ लाख भारतीय रुपैया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका -८ का २९ बर्षीय महेश यादव रहेको बताइएको हो।
मटिहानीको दशगजा क्षेत्रबाट प्रहरीको संयुक्त गस्ती टोलीले ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाईछिपाई राखेको अवस्था उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भैरहेको छ ।





