पु.समाचार

यस्तो छ मन्त्रिपरिषद विस्तार गर्ने डेटलाइन

काठमाण्डौ । संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् । देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । शनिबारको नागरिकमा लेखिएको छ, प्रचण्ड शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।