पु.समाचार

असार १ गतेबाट निशेधाज्ञा उपत्यकासहित देशभर खुकुलो बनाउने यस्तो छ सरकारी रणनीति

३० जेठ, काठमाडौं । निषोधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउन प्रशासनले आन्तरिक तयारी गरिरहेको छ । काठमाडौं ललितिपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सोमबार राती सम्मलाई निशेधाज्ञा थप गरेका भएपछि असार १ गतेदेखी कोरोना संक्रमण दर घटेको र मृतक संख्या पनि घटेको अनि सर्बसाधारणहरु अत्यन्तै मार्कामा परेका कारण निशेधाज्ञा खुकुलो बनाउने रणनीतिमा गृहमन्त्रालय रहेको छ ।
विद्यालयरविश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभारगोष्ठीरसम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर निशेधाज्ञा खुकुलो बनाउने रणनीतिमा रहेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दहालले स्पष्ट गरेका छन् ।
७७ वटै जिल्ल प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछि निशेधाज्ञाका कारण देशभर झण्डै डेढ महिनादेखी भएको बन्द बिस्तारै खुल्ने छ । प्रवक्ता दहालले निशेधाज्ञाका बिषयमा भने, ‘निषेधाज्ञालाई अनिश्चितकालसम्म लम्ब्याउँदै जाँदा त्यसबाट उत्पन्न हुने नकारात्मक परिस्थितिप्रति हामी सचेत र जानकार छौंं, त्यसलाई मध्यनजर गरेर विस्तारै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आर्थिक गतिविधि पनि खुलाउँदै लैजाने विषयमा छलफल चलिरहेको छ,’ प्रशासनले निशेधाज्ञा खुलाउने प्रयास राखे पनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिज्ञहरुले भने निशेधाज्ञा खोल्नुभन्दा अगाडी परीक्षण दर बढाउन, खोप उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।