पु.समाचार

राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः अध्यक्ष थापा

३० जेठ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि भएको बताएका छन् । उनले ट्वीट गर्दै यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौं भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन भनेका छन् ।
अध्यक्ष थापाको ट्वीटः यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौं भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि छ। विगतका घटनाक्रम यसको प्रमाण हो