पु.समाचार

३ दिने अल्टिमेटम दिदै बारले भन्योः जबराले गरेका विवादास्पद फैसलाको अध्ययन गर्छौ

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बिगत दुई सातादेखी आन्दोलित नेपालबार एशोसिएसनले जबरालाई ३ दिने अल्टिमेटम दिएको छ ।

आगामी तिन दिनसम्म पनि जबराले राजीनामा नदिए देशभरका उच्च अदालतमा बिरोध गर्ने बारका अधयक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन् ।

आज बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष श्रेष्ठले जबरासंग कुनै व्यक्तिगत रिसिबी नभएको तर न्यायालयमा विकृति ल्याएपछि आन्दोलित हुनुपरेको जनाएका छन् । साथै प्रधानन्यायाधीश जबराले बिज्ञप्ति जारी गरेर आँखामा धुलो हाल्ने काम मात्रै गरेको समेत बताएका छन् ।

उनले न्याय किनबेच हुनुहुँदैन भनेर आफुहरु आन्दोलनलित भएको भन्दै जबराका कारण न्यायालयको शिर निहुरिइरहेको बताएका छन् । 

श्रेष्ठले जबराले सेवाग्राहीलाई सेवा पाउनबाट बच्चित गरेको समेत लगाएका छन् । साथै बारका अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादास्पद फैसलाबारे बारले अध्ययन गर्ने समेत बताएका छन् ।