खेलकुद

नासिर र निभाले जिते दोहोरो स्वर्ण

२७ असार, काठमाण्डौ । नेपाल पौडी संघले आयोजना गरेको १० औं एन.एस.ए.कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् ।

नासिरल २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेका हुन् ।
उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुला तर्फ बिजयी हात पार्न सफल भएकी छिन् । लामाले उक्त दुरी २ मिनट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितेकी थिईन् । यस्तै सो स्पर्धामा निभा मास्के २ मिनट ४०.२१ सेकेन्डका साथ दोश्रो र सियरा सुभाङ्गी बजाज ३ मिनट १.७४ सेकेन्डका साथ तेश्रो रहे ।


पुरुष तर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण जिते । उनले सो दुरी २ मिनट १८.५९ सेकेन्डमा पुरा गरे । सेरेन सिंह २ मिनट २९.८९ सेकेन्डमा पुरा गर्दै दोश्रो र २ मिनट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेश्रोे भए ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दुरी पुरा गरेकी हुन् । यस्तै दोश्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापती र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेश्रो भईन् ।
पुरुष तर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङ्ग ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डम दुरी पुरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेश्रो भए ।


महिला १०० मिटर फ्रि स्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनट २.८७ सेकेन्डमा पुरा गरे । डुवानाको समय १ मिनट ३.७८ सेकेन्डमा पुरा गरिन् । तेश्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनट ५.१७ सेकेन्डमा दुरी पुरा गरिन् ।


पुरुष तर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेश्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८.३७ सेकेन्डमा दुरी पुरा गरे ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।