खेलकुद

गौरिका लगायत खेलाडी सम्मानित

२९ असार, काठमाण्डौ । नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव विश्व सामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो । गौरिकाले ४ स्वर्ण २ रजत र ३ कास्य, डुवानाले २ रजत र ३ कास्य, टिशाले ४ कास्य र अनुशियाले ३ कास्य पदक हात पारेका थिए ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पुरस्कार वितरण गरेका थिए ।