खेलकुद

“विद्यार्थीलाई जीवन रक्षा सचेतना कार्यक्रम”

९ साउन, काठमाण्डौ । नेपाल लाईफ सेभिङ्ग एशोसियसनको आयोजनामा सोमबार जेम्स स्कुल धापाखेलमा “पानीबाट हुने दुर्घटनामा सचेतना” कार्यक्रम सम्पन्न भएको छ ।


गत वर्ष देखि संयुक्त राष्ट्र संघले जुन २५ का दिन देखि सचेतना दिवसको रुपमा मनाउन थालेको अवसरमा नेपालमा पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।
विभिन्न विद्यालयका ६० जना पौडी खेलाडीहरु सहभागि भएको सो सचेतना कार्यक्रममा नेपाल लाईफ सेभिङ्ग एशोसियसनका महासचिव युवराज सुनुवारले पानीमा दुर्घटनामा परेका ब्यक्तिलाई आफु सुरक्षित भई कसरी बचाउन प्रयास गर्ने भन्ने सम्वन्धि तरिकाहरु सिकाएका थिए । कार्यक्रममा एशोसियसनका अध्यक्ष विनोद सेठाईले स्वागत मन्तब्य राखेका थिए । यस्तै जेम्स स्कुलका निर्देशक शौरभ सिंहले कार्यक्रमको उपलब्धि बारे जानकारी प्रदान गरेका थिए ।
संयुक्त राष्ट्र संघले यस बर्ष “एक जनाले एक जनालाई सचेतना” सम्वन्धि जानकारी गराउने नाराका साथ सचेतना दिवस मनाई रहेको छ ।