समाचार

ब्राजिलका लागि राजदूत नियुक्त

१५ साउन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।