स्वास्थ्य

दन्त उपचारमा डिजिटल स्क्यानर प्रविधि

६ असोज, चितवन । यहाँको साईराम डेन्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ ।

डिजिटल डेन्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो ।

नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । डेन्टल केयरका सञ्चालक डा सरु थापा न्यौपानेले डेन्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने बताए । उनका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्नेलगायत जुनसुकै काम गर्नुपरेमा हातैले नापो लिनुपर्ने, नापो अनुसार ल्याब (प्रयोगशाला) मा पठाउनुपर्ने हुन्थ्यो ।

प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीँ नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा न्यौपानेको भनाइ छ । उनले भने, “डिजिटल डेन्टल स्क्यानरले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ ।” यो प्रविधिबाट उपचार गर्दा समयको बचत साथै बिरामी र चिकित्सकलाई सहज हुने उनको भनाइ छ डा न्यौपानेले थने, “दाँत कीराले खाएको छ कि छैन रु गिँजाका समस्या के छ रु मुखमा घाँउ खटिरा के छ रु मुखमा क्यान्सर हुने अवस्था छ कि छैन रु भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेर थाहा हुुन्छ ।”

विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनुपर्ने हुँदा एक दुई दिन समय कुर्नुपर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा न्यौपानेले बताए । डा न्यौपानेले भने, “ईमेलमार्फत् प्रयोगशालामा पठाइएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीलाई धेरै समय कुर्नु नपर्ने भयो ।”

कुनै बिरामीको दाँत राख्नु पर्ने छ वा दाँतमा कभर राख्नु छ भने पनि सही नापो यसबाट पत्ता लगाउन सकिने उनको भनाइ छ । बिरामीको ईम्प्लान्ट राख्न पनि हातले गर्दा जोखिम हुने बताउँदै उनले स्क्यान डाटाको आधारमा प्लान गरेर बिरामीको मुखमा ईम्प्लान्ट राख्न सहज हुने बताए । उनले भने “भोलिका दिनमा बिरामीलाई पुनः बोलाउनुपर्ने समस्या पनि हुँदैन । कुनै बिरामी विदेशमै भए पनि उसको कम्प्युटरमा रहेका विवरणका आधारमा दाँत, ब्रिज, क्राउन तयार गर्न सकिन्छ ।”

२१ औँ शताब्दीमा डिजिटल डेन्टिस्ट्रि प्रविधि अनिवार्य भइसकेको छ डा न्यौपानेको भनाइ छ । उनले भने “बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ ।” अमेरिका युरोप जस्ता देशमा अहिले यही प्रविधिको प्रयोग भइरहेको उनले बताए ।