समाचार

प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दज्यार्नी चिह्न प्रदान

१८ कात्तिक, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरे ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी एिको छ ।