समाचार

अर्थतन्त्रको सुधार सिङ्गो राष्ट्रको सफलता र असफलतासँग जोडिएको छ : प्रधानमन्त्री

२९ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारको विषयलाई जीवन मरणको रूपमा लिएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको विषयलाई आफ्नो र सरकारको सफलता असफलता मात्रै नभएर सिङ्गो राष्ट्रको सफलता र असफलतासँग जोडिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको चुनौतीको समयमा आफुले नेतृत्व लिएको जनाउदै आफु नेतृत्वमा आएको दुई महिनामा अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको समेत दावी गरे। प्रचण्डले भने ‘देश श्रीलंकाको अवस्थामा जाने हो कि भन्ने गम्भीर खतरा थियो तर अहिले छैन तर थुप्रै चुनौतीका विचपनि अहिले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ तर ति स्थाई प्रकृतिको छैनन्’ ।

प्रधानमन्त्री प्रचण्डले अहिले देशमा अर्थशास्त्रको सवालमा विज्ञहरूको अभाब महसुस भएको समेत बताए। उनले आफ्नो नेतृत्वमा गठन भएको सरकारको पहिलो मन्त्री परिसदको बैठकले अर्थतन्त्र सुधारको सवालमा निर्णय गरेको स्मरण गर्दै देशले भोगेरहेको आर्थिकभार कटौती गर्नको लागी पनि अनावश्यक रुपमा खडा गरिएको कर्मचारीतन्त्र भित्रका संरचनाहरू खारेज गर्नु पर्ने जरुरि देखिएको उनको भनाइ थियो ।