समाचार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

१ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।

हिजो नै कुरिनटार पुगेका मन्त्री श्रेष्ठले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गरेका हुन् । जीपलाइन उद्घाटन गर्दै उनले जीपलाइनको अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव पनि लिँदै उनले “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको” बताएका थिए।

करिब रू ३ करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा रहेको छ ।