समाचार

जनयुद्द दिवसमा बिदा दिएको भन्दै द्वन्द्वपिडितहरूको विरोध प्रदर्शन

१ फागुन, काठमाडौं । प्रचण्ड सरकारले फागुन १ गतेलाई जनयुद्द दिवस भन्दै देशै भर घोषणा गरेको सार्वजनिक बिदाको बिरोधमा प्रदर्शन भएको छ। १० बर्षे सशस्त्र युद्दको बेला आफन्त गुमाएका घाइते बनेका द्वन्द्वपिडितहरूले आज काठमाडौंमा प्रदर्शन गर्दै विरोध गरेका हुन् ।

काठमाडौ जिल्ला अदालत अगाडी भेला भएर पिडितहरुले बिभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा द्वन्द्वपिडितहरू र मानब अधिकारवादी संघ संस्थाहरू आवद्द रहेको बुझिएको छ ।

प्रदर्शनकारीहरुले जनयुद्द दिवसको नाममा दिएको सार्वजनिक बिदा फिर्ता हुनु पर्ने र द्वन्द्वपिडितहरूलाई न्याय दिनु पर्ने माग अघि सारेका छन्। उनीहरुले जनयुद्द दिवस भनेर सार्वजनिक बिदा दिनु भनेको जनता माथि ज्यादती भएको बताएका हुन्।

नेकपा माओवादी केन्द्रले सरकारमा नरहदा पनि पार्टीगत हिसाबमा फागुन १ लाई जनयुद्द दिवसको रूपमा मनाउदै आएको थियो। सरकारको नेतृत्व सम्हालेका पुष्पकमल दाहालले जनयुद्द सुरू गरेको दिनलाई सरकारी बिदाको रूपमा सार्वजनिक बिदा दिनु गलत भएको भन्दै बिभिन्न पार्टी,संघ संस्थाबाट बिरोध भएको हो।