समाचार

४ दलको बैठक साँझ ५ बजे बस्ने गरी सकियो, उपराष्ट्रपति जसपाले पाउने

१२ फागुन, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठक सहमति नजिक पुगेको छ । राष्ट्रपति र उपपराष्ट्र निर्वाचनको विषयलाई लिएर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त रूपमा बसेको बैठकले उपराष्ट्रपति पद जनता समाजवादी पार्टीलाई दिन निश्चित गरेको हो ।

राष्ट्रपति कसले लिने भन्ने बारे कांग्रेस र एकीकृत समाजवादीबीच हानथाप देखिएको छ तर सहमतिको आधारमा राष्ट्रपति कांग्रेसको भागमा पर्ने र एक बर्से कार्यकालको लागी प्रधानमन्त्रीमा एकीकृत समजवादीका अध्यक्ष माधव नेपालाई अघि सार्ने बारे छलफल भइरहेको बताइएको छ।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन नगरे सहमति नहुने कांग्रेस नेताहरूले बताउदै आएका छन्। बिहान बसेको ४ दलको संयुक्त बैठक आजै साँझ ५ बजे फेरि बस्नेगरी सकिएको छ।