समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

१२ फागुन, काठमाडौं ।आज बसेको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।

अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको विषयगत समिति (संसदीय समिति)मा गणपूरक संख्या नपुग्ने समस्या ठूलो समस्याको रुपमा देखा परेको थियो । त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको हो ।

यसैबीच सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् ।प्रातिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।