समाचार

तेह्रथुमको आठराई गाउँपालिकामा भिषण आगलागी

१२ फागुन, काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा भिषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् ।

आज अपराह्न फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको हो।

प्रहरी र स्थानिय मिलेर आगो नियन्त्र गर्ने प्रयास गरेपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।आगलागीबाट भएको क्षतिको विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।