विचार/ब्लग

म र मेरो प्यारो खोटाङ

नगिन तामाङ/ मेरो जन्म भूमी खोटाङ पूर्वी नेपाल को प्रदेश नः १ मा अवस्थीत रहेको छ । १४ वटा जिल्ला मिलेर बनेको प्रदेश नः १ त्यही अवस्थित खोटाङ अत्तिनै शुन्दर र रमणीय रहेको छ । खोटाङको नामाकरण किराँती राजा खोटेद्वारा शासित कोटको रुपमा थियो र उनैको नामबाट खोटाङकोट हुदै खोटाङ नाम रहनगएको किम्बदन्ति छ । यसको सदरमुकाम दिक्तेल बजार हो । यहाँ २ नगरपालीका, ८ गाउँपालीका र ७६ वटा वडा कार्यलयहरु रहेको छ । यस जिल्लाले एक हजार ५९१ वर्ग बि.मि. भूभाग ओगटेको छ । खोटाङमा एक लाख ७५ हजार ३४० जनसङ्ख्या रहेको छ र यहाँ लामीडाडा, खानीडाँडा र थामखर्क गरेर तिनवटा बिमानस्थलहरु रहेका छन् । खोटाङको अ‍ैसत उचाई समुन्द्री सतहबाट १५२ मिटर देखि तीन हजार ६२० मिटर सम्म रहेको छ । खोटाङ्गमा स–साना दूई ताल  छन्, जुन बराहापोखरी र छितापोखरी रहेको छ । खोटाङ पूर्वमा भोजपूर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुरसंग जोडिएको छ, भने माझमा अवस्थीत खोटङमा बिभिन्न जात–जाती र भाषा–भाषीहरुको बसोवास रहिआएको छ ।

     प्रमुख रुपमा किराँत समूदायहरुको भूमी भनेर चिनिएता पनि यहाँ ब्राम्हण, क्षेत्री, मगर, तामाङ, गुरुङ, राई, लिम्बू, शेर्पा, बिक, दर्जी, सार्की आदी जात–जातीहरुको प्रमुख बसोवास रहेको छ । यहाँ मुख्यता नेपली भाषा बोलिने भएता पनि आ–आफ्नो समाजमा आ–आफ्नो मात्री भाषाको प्रयागे गरेको पाईन्छ । खोटाङमा सबै जात–जातिहरुको सँस्कार, सस्कृतीहरु समान रुपले सबैले मिलेर मनाउने गर्दछन् । जिल्लामा बिशेष गरी राई जातीको चण्डी, तामाङ र शेर्पा जातीहरुको लोसार र हिन्दू धर्मावलम्भीहरुको महान चाड वडा दशैँ र तिहार धुमधामका साथ मनाउने गर्दछन् ।

      खोटाङमा हलेसी, बाराहापोखरी, टेम्केमायी लगायत साना तिना धेरै बिभिन्न धार्मीक स्थलहरु पनि रहेका छन् । त्यसैले खोटाङलाई मन्दिरहरुको जील्ला भनेर पनि चिनिन्छ । खोटाङमा धार्मीकस्थल बाहेक बिभिन्न पर्यटकीयस्थलहरु जस्तै, खोटाङ र भोजपूरको सिमानामा अवस्थीत टेम्के डाँडा, सेल्मे डाँडा, पाप्माखाम भञ्ज्याङ आदी ठाँउहरु रहेका छन् । खोटाङको सौन्दर्य यीनै धार्मीक स्थल, धर्म सँस्कार सँस्कृती अनि भाषा–भाषीहरुले झल्काएको छ । हाल खोटाङमा प्रवेश गर्नको लागि देशका बिभिन्न शहर जस्तै काठमाण्डौ, पोखरा, बिराटनगर आदी ठाँउहरुबाट सहजै हवाई र सडक मर्गको प्रयोग गरेर जान सकिन्छ । काठमाण्डौबाट चार सय १० किलोमिटर र बिराटनगरबाट दुई सय ९७ किलोमिटर सडक बाटो पार गरिसके पछि प्रदेश नम्बर १ को महत्वपूर्ण जिल्ला खोटाङ पूग्न सकिन्छ । पहाडी भू–भागमा अवस्थित खोटाङ दुध कोसी र सूनकोसीको किनारमा अवस्थित छ र खोटाङमा सय भन्दा धेरै सानातिना खोलाहरु रहेका छन् । यहाँ तराई, पाहाड र हिमाली तिनै किसिमको हावा पानी रहेको छ । खोटाङको प्रमुख आयास्रोतको माध्यम भनेको पर्यटन र कृषी रहेको छ । खोटाङको तल्लो भेगमा धान, मास, आँप, केरा प्रमुख बाली हो भने पाहाडमा मकै, कोदो, गहूँ, सून्तला प्रमुख बाली हो र हिमाली भेगको प्रमुख बाली भनेको अलु, तोरी र मकै हो  । खोटाङका अधिकाम्स मानिसहरुको पेसा भनेको कृषीनै हो ।

    पछिल्लो समय यातायातको बिकास र सडकको पहुँच हुँदै गए यता यँहाका मानिसहरु को पेसा पर्यटन तिर पनि निर्भर रहन थालेको पाउन सकिन्छ । सडकको बिकास भएयता खोटाङका जनताहरुले जिल्ला भन्दा बाहिर जान घन्टौ सम्म हिडेर हिँड्नु ुपर्ने बाध्यताको अन्य भएको छ । हाल यहाँका प्रत्येक गाँउपालीकाहरुमा सडक बाटोको पहुँच पुगिसकेको छ र निरन्तर अझै वडावडा सम्ममा पुर्याउने कार्य धमाधम भईरहेको छ ।

   खोटाङको राजनीतिक पृष्ठभूमीलाई फर्केर हेर्दा बिगतका दिनहरुमा पञ्चायत – पश्चात काङ्गरेस, राप्रपा, माले, खम्बूवान, एमाले भएता पनि २०६२–६३ पछि माओवादीको हावी हरेको थियो तर यो पनि धेरै समय टिकेन, बि.स.२०६४ को चुनाबमा माओवादीले जित हाँसील गरेता पनि पछिल्लो चुनाबमा माओवादीलाई भारीमतले पराजीत गदै एमालेले आफ्नो वर्चस्व कायम गरेको थियो तर हालको चूनाबमा गठबन्धनको सहायतामा फेरी माओवादीले प्रवेश गरेको छ । राजनैतिक अस्थिरताको कारण ले गर्दा जति बिकासको गति हुनुपर्ने थियो नभएको पाउन सकिन्छ । खोटाङ जिल्लाको अधिकाँस जनता शिक्षीत भएता पनि चेतनाको ढोका खुलेको छैन । रजनीति बुझेर भन्दा पनि रजनीतिमा प्रवेश गरेर केही पाउन सकिन्छ भनेर राजनीति गर्नेहरुको जमातले गर्दा चेतनाको बिकास अझै सम्मपनि हुन सकेको छैन ।

      प्रकृतीले शून्दर उपहारको रुपमा प्रदान गरेको मेरो खोटाङ अतिmनै सुन्दर छ । तर यसलाई जतिरुपले सजाउनु पर्ने हो त्यती  सजाउन नसक्नुको पछाडी राजनैतिक परिर्वतन नै प्रमूख समस्या हो । प्रकृतिले उपहार स्वरुप दिएको धार्मीक स्थलहरुको सहि तरीकाले उपयोग नहुदा र यसको बिकास र प्रर्वद्धनमा ध्यान दिन नसक्दा यहाँको विकासको गति न्यून हुदै गएको छ ।

    बिभिन्न जात–जाति र भाषा–भाषीहरुको बसोवास रहेको खोटाङमा कला सँस्कार र सस्कृती धनी छ। यस जिल्लाबाट बिभिन्न राष्ट्रिय तथा अन्तरष्ट्रिय प्रभाव राख्नेसक्ने कलाकारहरु उत्पाद भईसकेका छन् । यीनै बिबिधताको धनी, कला सँस्कार, सँस्कृती र भाषा–भाषीले भरिपूर्ण सजीएकोे खोटाङमा जन्मिएको म र मेरो प्यारो खोटाङ मलाई सबैभन्दा प्यारो लाग्छ ।