समाचार

प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भयो : एमाले उपमहासचिव ज्ञवाली

१२ फागुन, काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको आरोप लागाएका छन् । उनेले कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई अघि सार्ने निर्यण गरेसँगै उनको प्रतिक्रिया आएको हो ।

ज्ञवालीले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई अघि सार्ने पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको समेत बताए । उनले,’मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्र माथि नै वितृष्णा बढाउने दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीको भनाइ छ।

पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिमा विश्वास, संकट, धोकाधडी हाबी भएको पनि उनको भनाइ छ।