समाचार

सुबाश नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

१३ फागुन, काठमाडौँ । नेकपा एमालेबाट सुबाश नेम्बाङ राष्ट्रपतिको उम्मेदवार हुने भएको छ ।

एमालेका सुबाश नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।