समाचार

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि पुनः सुनुवाइ हुने 

१४ फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बन्द ईजलासमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा रहेको छ। आज सर्वोच्च अदालतले उनी विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो। 

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।लामिछानेले पनि आफू विदेशमा खेल्न पाउनु पर्ने माग राख्दै भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा उक्ता मुद्दा सुनुवाइ भएको थियो । भोलि सोमवार उक्त मुद्दा यही इजलासमा सुनुवाइ हुनेछ बताइएको छ ।