समाचार

राष्ट्रपति निर्बाचनलाई लक्षीत गर्दै आज बस्दैछ एमाले सचिवालय बैठक

१५ फागुन, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । २५ गते हुने भनिएको राष्ट्रपति निर्बाचनका लागि काँग्रेसले आठ दलीय गठबन्धनको बलमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाएको अवस्थामा एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई बिजय गराउन एमालेलाई सकस परेको छ । अप्ठ्यारो राजनीतिक परिस्थितिमा आज एमालेको बैठक बस्न लागेको छ ।